चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

माछापोखरी क्षेत्रको अनधिकृत संरचना हटाउँदै काठमाडौं महानगरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि आज महानगरको टोलीले अनाधिकृत संरचना हटाउन महानगरले डोजर चलाएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम चलेको छ ।

काठमाडौ महानगरपालिकाले महानगरभित्रका अवैधानिक रुपमा निमार्ण गरिएका संरचना हटाउन सुचना प्रचारप्रसार गर्दै आएको छ । महानगरले अवैधानिक निमार्ण गरिएका संचना हटाउन बेला – बेला आग्रह गर्दै आएको र अवज्ञा पालना नगरेको खण्डमा मात्र डोजर चलाउन बाध्य भएको बताएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ०२ बजे