चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्री खाण र कानूनमन्त्री शर्माको भेटवार्ता



काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा९कोइराला०ले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

दाहाल निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी हो ।

भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए ।

प्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालसँग कुराकानी भएको हो ।

त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : २४ बजे