भाद्र २२, २०८१ शनिबार Sat Sep 7 2024

ललितपुर महानगर : लगनखेलको मञ्जुश्री पेट्रोल पम्प हटाउँदै



काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प सेन्टर हटाउन सुरु गरेको हो ।

महानगरपालिको क्षेत्रअधिकारभित्र रहेको जग्गामा स्थापना गरिएको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा आएको थियो ।
महानगरवपालिका अनुसार सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान सुरु गरिएको छ ।

सोही अनुसार महानगरपालिका भित्रको सार्वजनिक जग्गामा स्थापित पेट्रोल पम्प हटाउन सूरु गरिएको हो । सो पेट्रोल पम्प महानगरको १२ नम्बर वडामा स्थापना गरेर संचालनमा आएको महानगरको भनाइ छ ।

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली लगनखेल पुगेर पेट्रोल सेन्टरमा इन्धन व्यावस्थापन गर्ने काम्मा लागि परेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  २ : ४९ बजे