चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र हो : प्रधानमन्त्री देउवा



चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टीविरूद्ध हुने बताएका छन्।

१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले गठबन्धन पार्टीको हितमा रहेको जिकिर गरे। साथै उनले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने पनि दाबी गरे ।‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ, तर गठबन्धन कुनै हालतमा टुट्दैन’, देउवाले भने, ‘गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र हो।’

गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेतारकार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए । ‘सबैले ओली हटाउनुपर्छ भनेको हो नि । गठबन्धन गरेर नै हटाएर आज के भयो । पहिले केही थिएन’, देउवाले भने, ‘अहिले सरकार हाम्रो नेतृत्वमा छ । मुख्यमन्त्रीहरू पनि हाम्रा छन् । यहीँकै मान्छे मन्त्री बने । यो त भोलि पनि हुन्छ नि ।’

पार्टीको फाइदा हुने गरेर सिट बाँटफाँट गरिने भन्दै प्रधानमन्त्री देउवाले पार्टीलाई एक बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ४ : ०५ बजे