१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

नेपाली कांग्रेस सोलुले समानुपातिकामा आफूलाई सिफारिस गरेपछि केसी आक्रोसित



काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले समानुपातिकतर्फ नाम सिफारिस गरेपछि केन्द्रीय सदस्य बलबहादुर केसी आक्रोसित भएका छन् । उनले आफूसँग कुनै छलफल र सरसल्लाह नगरी अलोकतान्त्रिक, विधि विधान र केन्द्रीय परिपत्र विपरीत उम्मेदवारको नाम सिफारिस गरिएको प्रति असन्तुष्टि जनाएका हुन् ।

केसीले सामाजिक सञ्जालमार्फत आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने बताएका छन्।

नेपाली कांग्रेस सोलुखुम्बुले केन्द्रीय सदस्य केसीको नाम समानुपातिकतर्फ सिफारिस गर्दै अर्को केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको थियो।

जिल्ला कार्यसमितिले नाम सिफारिस गर्दा केसी आमाको मृत्यु संस्कारको १३औं दिने काजकिरियामा थिए। त्यही बेला केसीको डाईवेटिज, कम रक्तचाप र डेङ्गु संक्रमणको बिरामी भई अस्पतालमा उपचारत थिए।

केसीलेसामाजिक सञ्जालमा अलोकतान्त्रिक, विधि विधान र केन्द्रीय परिपत्र विपरीत उम्मेदवारी सिफारिसलाई लिएर सामाजिक सञ्जालहरूमा गरिएको गलत प्रचारप्रति घोर भर्त्सना गर्दै पुर्णरुपले असहमति प्रकट गर्ने उल्लेख गरेका छन्।

सोलुखुम्बुमा केसी डा शेखर कोइराला निकट समूहको नेतृत्व गर्ने गरेका छन् भने शेर्पाले सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरेका छन्।

१४औं महाधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनमा केसी निकट विनोद बस्नेतलाई पराजित गर्दै सभापतिमा शेर्पा निकट नाम्गेल जाङ्गु शेर्पा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ४ : ०० बजे