बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

कार्यदलको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिट भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन ।

कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्र समेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सिट संख्यामा भने कार्यदलमा पनि सहमति जुट्न सकेको थिएन ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ३८ बजे