श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल



काठमाडौं। काठमाडौं महानगरपालिकाले रेशु अर्याललाई शिक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।

महानगरको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो। सामाजिक अभियन्तासमेत रहेकी अर्याल “टिच फर नेपाल”को संस्थापक बोर्ड सदस्यहुँदै अध्यक्ष भइरहेकी छन् ।

यस्तै उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतित्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ५ : ५९ बजे