बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात



काठमाडौँ । पिएसजीले च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा पिएसजीले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका हुन् । उनले खेलको पाँचौं र २२औं मिनेटमा गोल गरेका थिए । एम्बाप्पेका गोल नेइमार र हाकिमीले असिस्ट गरेका थिए ।

त्यस्तै युभेन्टसका लागि वेस्टन म्याकेनीले एक गोल गरेका थिए ।

यो जितपछि च्याम्पियन्स लिगको समुह एचमा रहेको पिएसजीको ३ अंक भएको छ ।

यसै समुहमा रहेको बेनिफिकाले गएराती सम्पन्न खेलमा मक्काबी हैफालाई २-० गोल अन्तरले पराजित गरेको छ । यो जितपछि बेनिफिकाले पनि ३ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ३१ बजे