बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

केसीको उम्मेदवारीले युवामा थप्यो उत्साह



दोलखा । नेपाली कांग्रेस दोलखाका संगठन विभाग प्रमुख समेत रहेका प्रभावशाली युवा नेता भुवन केसी प्रत्यक्षतर्फ प्रदेशसभामा उम्मेदवार सिफारिस भएका छन् ।

दोलखाली जनतामा माझ लोकप्रिय रहेका नेता केसी प्रदेशसभा ‘क’ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन् । ०५९ मा नेपाल विद्यार्थी संघ गोल्मेश्वर माविको इकाइ अध्यक्ष हुँदै जिल्ला नेतृत्व सम्हालेको केसीसँग अनुभव छ ।

तत्कालिन समयमा विद्यार्थी राजनीतिबाट उदय भएका केसी स्व।नेता भीमबहादुर तामाङका समेत प्रिय पात्र थिए । पार्टी क्षेत्रीय सचिव हुँदै उनी अहिले पार्टीको संगठन विभाग प्रमुखको रुपमा जिम्मेवारी सम्हाली रहेका छन् ।

केसी अहिले राजनीतिसँगै निर्माण व्यवसायमा समेत सक्रिय छन् । उनको नाम सिफारिस भएपछि जीत सुनिश्चित रहेको भन्दै कार्यकर्ता उत्साहित भएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ०८ बजे