२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

ओलीलाई फिल्म खेलाउने तयारीमा रातामकै



काठमाडौं ।रातामकै नामले परिचित कलाकार किरण केसी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेल्न प्रस्ताव गर्ने तयारीमा छन्। आफ्नो आगामी फिल्ममा ओलीलाई पनि सानो भूमिका दिने इच्छा रहेको उनले बताएका हुन्।

छायांकनका लागि ओलीको दुई दिन मात्रै माग्ने र १० लाख पारिश्रमिक दिने केसीले बताएका हुन्। उनका अनुसार यतिवेला फिल्मको पटकथामा काम भइरहेको छ। पटकथाको काम सकिएपछि ओलीलाई औपचारिक रूपमा प्रस्ताव गर्ने तयारीमा रहेको उनले जनाएका छन्।

ओलीले हार्मोनियम, गितार बजाउने कलादेखि कलाकारमा हुने सम्पूर्ण गुण भएको र आफ्नो फिल्मको एउटा पात्र ओलीका लागि ठिक हुने उनले बताएका छन्। ओलीले आफ्नो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहे पनि मनाउने प्रयास गर्ने पनि उनले बताएका छन्।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ३ : २५ बजे