२३ बैशाख २०८३, बुधबार Thu May 7 2026

‘मेरो फाइट बालेन जी सँग होइन ! झोलेहरूसँग हो, जो खोल ओडेर आइरहेका छन्।’ : हर्क साम्पाङ



काठमाडौं ।धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फाइट काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग नभएको बताएका छन्।

केहि दिन यता साम्पाङले लगातार साहमाथि स्टाटस लेखि अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक संजालमा उनको विरोध भइरहेको छ।

यसैक्रममा सोमबार बेलुका उनले फेसबुकमा स्पष्टिकरण दिएका हुन्। साम्पाङले खोल ओडेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मेरो फाइट बालेन जी सँग होइन! झोलेहरूसँग हो खासमा, जो खोल ओडेर आइरहेका छन्।’

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : २७ बजे