माघ १०, २०८१ बिहिबार Thu Jan 23 2025

गुल्मी जिल्ला इञ्चार्ज र अध्यक्ष एमालेमा गएपछि बोलिन् रामकुमारी झाँक्री



तम्घास । नेकपा एकीकृत समाजवादी पार्टी गुल्मी जिल्ला इञ्चार्ज र अध्यक्ष नेकपा एमालेमा फर्किएका छन् । यसरी जिल्ला इञ्चार्ज र अध्यक्ष पुरानै पार्टी एमालेमा फकिएपछि नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीको प्रतिक्रिया आएको हो ।

आफू क्षेत्रनम्बर २ बाट चुनाव लड्ने तयारी गरिरहेका बेला धक्का लाग्ने गरी नेता एमालेमा गएपछि झाँक्रीले प्रतिक्रिया दिएकी हुन । ‘एक केन्द्रीय सदस्य र एउटा जिल्ला अध्यक्ष मात्र हो । त्यसो भएकोले नेतृत्व भनिएको होला । संस्थागत अध्यक्ष श्रीराम महतसहित सिंगो टिम एक ढिक्का छ । म पनि यतै छु ।’ गुल्मीमै रहेकी झाँक्रीले ट्वीटरमा लेखेकी छन् ।

झाँक्री गुल्मी क्षेत्रनंबर २ बाट प्रतिनिधिसभा निर्वाचनमाउठ्ने तयारी गरिरहेकी छन् । यस्तै उनले हरेक अँध्यारो रातपछि बिहानी हुन्छ, भन्दै आफू आशावादी रहेको पनि बताएकी छन् । नेकपा एकीकृत समाजवादी गुल्मीले पनि विज्ञप्ति नै जारी गरेर एमाले प्रवेश गरेका जिल्ला इञ्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीलाई कारबाही गर्दै एकता भनिएकोमा आपत्ति जनाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ०० बजे