चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

कक्षा १२ मा सामुदायिकतर्फ शान्ति नमुना रुपन्देही प्रथम



लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माध्यमिक विद्यालय कक्षा १२ को नतिजामा रुपन्देही प्रथम भएको छ । सामुदायिक विद्यालयतर्फ शान्तिका सुदीप ढकालले ३.८८ जीपीएसहित रुपन्देही प्रथम हुन सफल भएका हुन् ।

विद्यालयबाट १२ जना विद्यार्थीले ३.६ जीपीएभन्दा माथिको अकंसहित उत्तीर्ण भएका छन् भने ८६ जना विद्यार्थीहरुले ३.२ जीपीएभन्दा माथिको अकं प्राप्त गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले रुपन्देहीमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा दिएर शान्ति अब्बल विद्यालय बन्न सफल भएको भन्दै सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षाको लागि सही गन्तव्य बन्न सकेको बताए ।

शान्तिबाट यस वर्ष विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन समूहका ६ सय २ जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३९ बजे