श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सोलुखुम्बुबाट बलबहादुर समानुपातिकमा बसेपछि प्रत्यक्षमा आङ्गेलु शेर्पाको एकल सिफारिस



सोलुखुम्बु । आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस सोलुखुम्बुले प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार टुंगो लगाएको छ ।

आईतबार पार्टी कार्यालयमा बसेको जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रिय सभापतिहरुको संयुक्त बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य आङगेलु शेर्पाको नाम सिफारिस गरेको हो ।

यस अघि तीन पटक सम्म जिल्ला सभापति भई पार्टी नेतृत्व गरिसकेका केन्द्रिय सदस्य शेर्पाको एकल नाम मात्रै प्रत्यक्ष तर्फ सिफारिस गरिएको पार्टी सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । प्रतिनिधि सभाको समानुपातिक तर्फ पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी सहित आठ जना नेताको नाम सिफारिस गरिएको छ ।

यस अघि ६ पटक सम्म टिकट लिएका केन्द्रिय सदस्य केसीले अघिल्लो आम निर्वाचनमा आफु अन्तिम पटक मात्रै चुनाव लडेको र आईन्दा प्रत्यक्ष निर्वाचनमा सहभागि नहुने घोषणा गरेकाले र पार्टी भित्र पुस्तान्तरणको एजेन्डा अघि बढेकाले केसीको नाम समानुपातिकको पहिलो नम्बरमा समावेश गरेको सभापति शेर्पाले बताए ।

प्रतिनिधि सभा समानुपातिक तर्फ सभासदहरु पुरुषोतम बस्नेत र गोकर्ण राई, पुर्व पार्टी सभापति प्रभुराम बस्नेत, पार्टी महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, महाधिवेशन प्रतिनिधि आङछिरिङ शेर्पा र धर्म नेपाली र नेतृ राधिका श्रेष्ठको नाम प्रदेशमा सिफारिस गरिएको छ ।

पार्टी सभापति शेर्पाले एक प्रेस विज्ञप्ती जारी गर्दै दुवै प्रदेश सभा क्षेत्रिय समितिको सिफारिसको आधारमा केही परिमार्जन गरि प्रदेश सभा क र ख मा उम्मेदवरको नाम सिफारिस गरिएको जानकारी दिए । प्रदेश सभा क मा प्रत्यक्ष तर्फ पुर्व पार्टी सभापति विनोद बस्नेत, पार्टी सचिव भालकाजी कुलुङ, युवा नेता गणेश बस्नेत, पार्टी नेताहरु कुसराज राई, रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम पठाईएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३३ बजे