बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्ने



काठमाडौँ । लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री हुने भएकी छन् । ट्रसलाई कन्जरभेटिभ पार्टीले नयाँ नेता चयन गरेसँगै उनी बेलायतको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

पार्टीका सर ग्राहम ब्राडीले वेस्टमिन्स्टरको क्वीन एलिजाबेथ द्वितीय केन्द्रमा नतिजा घोषणा गरेका छन् । ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धा ऋषि सुनकले ६० हजार ३९९ मत प्राप्त गरेका छन् ।

ट्रस मारगेट थ्याचर र थेरेसा मेपछि देशको तेस्रो महिला प्रधानमन्त्री बन्ने भएकी छन् ।

४७ बर्षिय लिज ट्रस अक्सफोर्डमा जन्मिएकी हुन् भने उनको लन्डन र नोर्फोकमा रहेको छ । उनले राउन्ड हे स्कूल, लीड्स विश्वविद्यालय, अक्सफोर्डमा अध्ययन गरेकी छन् । दुई छोराकी आमा ट्रसको संसदीय निर्वाचन क्षेत्र दक्षिण पश्चिम नोर्फोक रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : २५ बजे