चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

गोगंबु नयाँ बसपार्क क्षेत्रका अनधिकृत संरचनामा महानगरको चल्यो डोजर



काठमाडौँ । काठमाडौंको गोगंबु नयाँ बसपार्क क्षेत्रमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन थालेको छ । महानगरपालिकाले मापदण्डविपरीत बनाइएका संरचना हटाइरहेको छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको अगुवाइमा संरचनाहरु धमाधम हटाउन थालिएको छ । अनधिकृत संरचना निर्माण गरेर सञ्चालन गरिएका संरचनाहरु महानगरले हटाएको छ ।

फुटपाथलाई ढाक्ने गरी ट्रस हालेर संरचना बनाइएको ठाउँमा महानगरले डोजर लगाएर हटाएको हो । मेयर बालेन्द्र शाहले अनधिकृत संरचना हटाउने अभियान आफ्ना कार्यकालभर जारी रहने जनाएका छन् ।

महानगरपालिकाले नक्सामा उल्लेख भएबमोजिम मात्रै भवन प्रयोग गर्न भन्दै ३५ दिने सार्वजनिक सूचना समेत निकालेको थियो । नक्सामा बेसमेन्ट पार्किङ गर्ने भनिए पनि पब, होटल तथा रेस्टुरेन्ट सञ्चालन हुन थालेपछि महानगरले अभियान नै सञ्चालन गरेर हटाइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : ४९ बजे