चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मन्त्रीलाई लाइन बस्न भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई रविले भेटे



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजङ्ग गुरुङलाई भेटेका छन् ।

प्रहरी हिरासतमा रहेका गुरुङलाई भेट्दै धन्यवाद दिएको लामिछानेले बताए । भेटका क्रममा शेरजङ्गले गुरुङको छोरो भएकाले आवाज ठूलो भएको हुनसक्ने बताउँदै मन्त्रीलाई दुर्व्यवहार भने नगरेको बताएको लामिछानेले उल्लेख गरेका छन् ।

गुरुङलाई उद्धृत गर्दै लामिछानेले भनेका छन् ‘मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि डिउटी त गर्नै पर्यो ।’

त्यस्तै, लामिछानेले गुरुङको भनाइ सत्य हो भने उनलाई स(सम्मान रिहाइ गरी पुरस्कृत गर्नुपर्ने बताएका छन् । मन्त्रीमाथि अनुसन्धान गर्न माग गर्दै उनले भनेका छन्, ‘नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।’

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : ४५ बजे