श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रतिनिधिसभा अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान भएको छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो । आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गर्ने उल्लेख गरिएको छ ।

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि समावेश छ । सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ४० बजे