बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

कमल थापा मकवानपुर-१ बाट सर्वसम्मत सिफारिस



हेटौंडा । राप्रपा नेपाल मकवानपुरले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

राप्रपा मकवानपुरको शनिबार हेटौँडामा आयोजना गरेको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।

जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम सिफारिस गर्ने छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ३ : ५५ बजे