चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नेपाली कांग्रेसले काठमाण्डौ क्षेत्र नं.१० प्रदेश ख को लागि उम्मेदबार सिफारिस गर्यो



काठमाडौं । २०७९ मंसिर ४ गते हुन गई रहेके प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनका लागि उम्मेदवार सिफारिसमा सर्वसम्मत हुन नसकेपछि भएपछि राजनीतिक दलहरूले आकांक्षीहरूको नाम माथिल्लो निकायमा पठाउन थालेका छन्।

बुधबार नेकपा एमालले काठमाण्डौ क्षेत्र नं.१० बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरूको नाम माथिल्लो निकायमा सिफारिस गरेको छ भने सोही दिन एकीकृत समाजवादीले क्षेत्र नं. १० तथा प्रदेश ख का लागि आफ्नो तर्फबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेसमा पनि आकांक्षीहरूको संख्या धेरै हुँदा सर्वसम्मत हुन नसकेको एक नेताले बताए । काठमाण्डौ क्षेत्र नं. १० ख अन्तर्गत बुधबार र बिहीबार बसेको सो पार्टीको प्रदेश समिति बैठकमा उम्मेदवारको नाम सर्वसम्मत हुन नसकेपछि आज सबैको नाम क्षेत्र नं.१० को कार्यालय किर्तिपुरमा प्रदेश सभापती धर्मानन्द श्रेष्ठले क्षेत्रिय सभापतिलाई बुझाउनु भयो।

काठमाण्डौ क्षेत्र नं. १० प्रदेश ख मा प्रबल दाबेदारको रूपमा नगरपालीका भित्रको चिरपरिचित ब्यक्ति चन्द्रागिरि नगर उप–सभापति एबम् समाजसेबी राजेन्द्र बिक्रम बानिया छन भने अर्का परिचित अनुहार ,२०७४ सालको निर्बाचनमा धेरै मतान्तरमा नेकपा एमालेको उम्मेदवार संग पराजीत हुनु भयका प्रदेश सभापति धर्मनन्द श्रेष्ठ, युवा नेता नेपाल तरूण दलका अध्यक्ष ईश्वर लामा, राजेन्द्र महर्जन, पुरूषोत्तम उदास, लगायतले प्रत्यक्ष तर्फ टिकटका लागि आफ्नो दाबी पेश गरेको छ ।

मंसिर ४ को निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुँदा नेकपा एकीकृत समाजवादीले पाउने काठमाण्डौका केही क्षेत्रहरू मध्ये यो पनि एक भएको चर्चा चलिरहँदा नेपाली काँग्रेस वृत्तमा भने स्थानिय निर्बाचनमा पायको मतको अवस्था र जनाधारका हिसाबले आफ्नो पार्टीले टिकट पाउनुपर्ने धारणा राख्दै आएका छन् ।

चन्द्रागिरि नगरका २ देखि ११ वटा वडा पर्ने यस क्षेत्रमा करिब २७ हजार मतदाता रहेका छन् । बैशाख महिनामा सम्पन्न स्थानीय निकायको निर्वाचनमा १० वडा मध्ये ६ वडा नेपाली काँग्रेसले जित निकाल्दा समान २–२ वडामा नेकपा एमाले र माओवादी केन्द्रले वडा अध्यक्षमा जित हासिल गरेको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भने २ पटक यसै क्षेत्रबाट निर्बाचित माननिय राजेन्द्र कुमार केसी( राजन)को नाम मात्र सिफारिस भयको छ। ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ४ : ०३ बजे