चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

चितवन–३ बाट चुनावमा उठ्ने प्रचण्डको घोषणा



काठमाडौं । । कर्णाली प्रदेशको नेकपा (माओवादी केन्द्र) को प्रशिक्षण शुक्रबार हुँदै छ । बिहीबार हुने भनिएको प्रशिक्षण शुक्रबार हुन लागेको हो ।

प्रशिक्षणमा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।

प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे । सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन९३ बाटै चुनाव लड्ने बताए ।

एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे । यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकीर गरे ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : ५६ बजे