बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

गोर्बाचेभको अन्त्येष्टिमा पुटिन सहभागी नहुने



मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए ।

पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचेभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् ।

सन् २००५ मा पुटिनले सोभियत संघको विघटन २०औं शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप बताएका थिए । पश्चिमा देशका वाहवाह बनेका गोर्बाचेभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए । सोभियत संघको विघटनपछि कतिपय रुसीले उनलाई घृणा गर्थे ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : २२ बजे