बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

सुर्खेत- १ बाट पूर्णबहादुर खड्का सर्वसम्मत उम्मेदवार सिफारिस



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर(१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

त्यस्तै क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको प्रतिनिधि सभा एक क्षेत्रीय समितिका सचिव मोहन रानाले जानकारी दिए ।

खड्का २०७४ सालको चुनावमा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए । क्षेत्रीय सचिव रानाका अनुसार बैठकले प्रदेश सभाका लागि उम्मेद्वारहरुको नाम पनि टुंगो लगाएको छ । क्षेत्रनम्बर १ को ‘क’बाट खड्ग पोखरेल, केशर बहादुर वली, चित्र बहादुर रेग्मी र टेक बहादुर सिंहको नाम सिफारिस गरेको छ ।

पौखरेल कांग्रेस पार्टी जिल्ला सभापति हुन् भने सिंह ०७४ मा माओवादी केन्द्रका ठम्मर विष्टसँग पराजित नेता हुन् ।

त्यस्तै समानुपातिकतर्फ मात्रै ९ जनाको नाम सिफारिस गरिएको छ । जसमा अनन्त प्रसाद पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायणप्रसाद सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली, सुशिला कार्की रहेका छन् ।

त्यस्तै क्षेत्रनम्बर १ को ‘ख’बाट अकृता शाही, भूपेन्द्रबहादुर चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढामगर, हरीप्रसाद शर्मा, लक्ष्मीप्रसाद पौडेलको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपतिक तर्फबाट धवल डाँगी, खगिसरा आचार्य र रेनु आचार्य लगाएतको नाम सिरफारिस गरिएको सचिव रानाले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ६ : ४६ बजे