३ श्रावण २०८३, आइतबार Mon Jul 20 2026

कांग्रेस १०० सिटको अडानबाट ९० मा झर्‍यो



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचकता अपनाउने भएको छ ।
आज (बिहीबार) बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दाबी गरेको सय सिटबाट कांग्रेस तल झरेको समाचार स्रोतको दाबी छ ।

स्रोतकाअनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ । कांग्रेसले ९० सिटको नयाँ प्रस्ताव राखेको छ, यसअघि दाबी गरेको सय सिटबाट पछि हटे पनि अझै कुरा मिलेको छैन,’ अझै कुरा मिलिनसकेको बताइएको छ ।

कांग्रेसले आफ्नो दाबी छोड्ने बित्तिकै कुरा लगभग मिल्छ । ‘मुख्य कुरा कांग्रेसको अडानले रोकिएको हो, अन्य दलमा समस्या छैन। कांग्रेस सहमतिमा आउने बित्तिकै कुरा मिल्छ, कांग्रेस लचक भएकैले चार घण्टादेखि छलफल भइरहेको छ,’

कांग्रेस लचक भएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) पनि आफ्नो अडानबाट पछि हट्न तयार छन् । पहिला कांग्रेसले सहमति गर्नुपर्ने उनीहरुको शर्त छ । स्रोतका अनुसार चार दलले कांग्रेसलाई ८० देखि ८५ सिटमा ल्याएर सहमति गराउन चाहेका छन् ।

अन्य चार दलले ७५ देखि ८० सिट बाँडफाँट गर्न चाहेका छन् । शीर्ष नेतासहितको कार्यदलको बैठक बुधबार पनि बसेको थियो । सिट संख्यामा सहमति गरेपछि मात्र निर्वाचन क्षेत्रमा छलफल गर्ने गठबन्धनको तयारी छ । प्रत्यक्षतर्फका प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिटमा सिट बाँडफाँट गरेर गठबन्धन चुनावी अभियानमा जाँदैछ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ५ : ४५ बजे