बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको आज पनि बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (बिहीबार) पनि बस्दैछ । आउँदो ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने कामलाई निष्कर्षमा पुर्‍याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दल आ आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन ।

नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा ९एकीकृत समाजवादी०ले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ७ : ५० बजे