असार ८, २०८२ आइतबार Sun Jun 22 2025

साउदी अरबमा ९३ नेपालीलाई ‘एक्जिट भिसा’, ६० दिनभित्र देश छाडनु पर्ने



साउदी अरब । खाडी मुलुक साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिसा प्रप्त गरेका हुन ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दूतावासले साउदी अरबका सबन्धित निकायमा अनुरोध गरेको थियो । जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिसा उपलब्ध गराएर नेपाल फर्कने बातावरण तय गरिदिएको हो ।

एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न समेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : १९ बजे