मंसिर २२, २०८० शुक्रबार Fri Dec 8 2023

अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश



काठमाडौँ । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमबीच कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएका छन् । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए । अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर यो पार्टीमा प्रवेश गरेको बताएका छन् ।

‘म यसअघि कुनै पनि पार्टीमा आबद्ध थिइनँ । पहिलोपल्ट कांग्रेसमा आबद्ध भएको हुँ’, उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो। अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’ उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए । अभिनेता शाहीले द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : १५ बजे