बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

जनताको सेवक बनेर काम गरेका छौं : उप–प्रमुख



वशन्ती तामाङ (डंगोल), उप–प्रमुख, दक्षिणकाली नगरपालिका, काठमाडौं

समाज सेवाबाट राजनीतिमा उदायकी नेत्रृ हुन् वसन्ती तामाङ (डंगोल) । हाल उनी दक्षिणकाली नगरपालिकाको दोस्रो पटककी उप–प्रमुख छन् । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दोस्रो पटक निर्वाचित भएकी हुन् । दक्षिणकाली नगरपालिका–६, जन्मिएकी तामाङ समाज सेवासँगै नेपाली कांग्रेसको स्थापित नेतृ हुन् । उनै वसन्ती तामाङ (डंगोल) दक्षिणकाली नगरपालिकाका समसायिक विषयमा केन्द्रित रहेर कालिका महतले गरको कुराकानीको सम्पादित अंश :

तपाईंको थातथलो कुन ठाउँमा हो ?
मेरो जन्म घर दक्षिणकाली नगरपालिका–६, काठमाडौं हो । कर्मघर पनि दक्षिणकाली नगरपालिकाकै– १, काठमाडौंमा पर्छ । यसरी मेरो जन्म र कर्मघर एउटै नगरपालिकामा पर्दछ ।

यहाँको पढाइलेखाइसँगै बाल्यकाल कसरी बित्यो ?
मैले कक्षा ५ सम्म सिखरापुर बोर्डिङ स्कुल पढेको हो । त्यसपछि फर्पिङ मावि सामुदायिक विद्यालयबाट २०५४ सालमा एसएलसी पूरा गरेँ । उच्च शिक्षाको लागि नेपालकै पहिलो उच्च मावि भनेर चिनिने दक्षिणकाली नगरपालिकाकै अरुणोदय उच्च माविमा कक्षा ११ ज्वाइन् गरेँ । त्यहीं कक्षा ११ पढ्ने क्रममै विवाह भयो ।

प्रेम विवाह गर्नुभएको हो ?
मेरो प्रेम विवाह नै हो । किन भने मेरो माइती नेवार हो । श्रीमान चाहीं तामाङ हो । हाम्रो पालामा अन्तरजातीय विवाह मागी हुने कुरै भएन ।

अन्तरजातीय विवाह घर र माइतीबाट सजिलै स्वीकारोत्ति भयो त ?
त्यो बेलामा अन्तरजातीय विवाहलाई स्वीकार्न गाह्रै थियो । एउटा जातिबाट अर्को जातिमा आउँदा घरबाट श्रीमानले स्वीकार्ने कुरा भइहाल्यो । माइती र घरपरिवारलाई सम्झाउन पर्ने, फेरि उमेर पनि सानै थियो । सहजता ल्याउन अलिकति संघर्ष नै गर्नुप¥यो ।

माइती र घर दुवैतिर कसरी मिलाउनुभयो त ?
माइती र घर मिलाउने कुरा आफूमा भरपर्छ । म नेवार समुदायकी भएँ । दुई दाइकी एक्ली बहिनी हुँ । एउटै मात्र छोरी भएकाले माइती घरमा एकदमै मायाँ पाएकी थिएँ । घरतर्फ तीन दाजुभाइमध्ये मेरो श्रीमान माइलो हुनुहुन्छ । घरतिर त सम्झाउन सजिलै भयो । घरछिमेकतिर चाहीं अलि गाह्रो भयो । मैले घर र माइतीलाई सजिलै परिवर्तन अथवा रुपान्तरण गर्न सफल भएको नै समाज सेवामार्फत हो ।

समुदायका, महिला दिदीबहिनीहरुसँग भिजेको कारण कुरा बुझाउन सजिलो भयो । जसरी म ‘सेयरिङ केयर’ नेपाल भन्ने संस्थामा म आबद्ध थिएँ । त्यसले टोलटोलमा निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रौढ कक्षा कार्यक्रम सञ्चालन गरेको थियो । मैले त्यसमा संलग्न हुने मौका पाएकी थिएँ । त्यसको माध्यमबाट समुदायका धेरै महिला दिदीबहिनीहरुसँग घुलमिल हुने मौका मिल्यो । त्यो कार्यक्रम पहिला चाल्नाखेलको एउटा वडामा मात्रै सञ्चालित थियो । पछि ९ वटै वडामा पु¥याइयो । त्यसले ९ वटै वडाका महिलाहरुसँग घुलमिल भयो । त्यसकारण पनि मलाई घर र माइती पक्ष मिलाउन सहजता भयो ।

विवाहले ब्रेक लागेको पढाइलाई कसरी जोड्नुभयो त ?
जसरी म ‘सेयरिङ केयर’ नेपाल भन्ने संस्थामा म आबद्ध थिएँ । त्यसले टोलटोलमा प्रौढ कक्षा जस्तै कार्यक्रम सञ्चालन गरेको थियो । जसले निरक्षर महिलाहरुलाई साक्षर बनाउनको लागि टेवा पु¥याएको छ । त्यो कार्यक्रममार्फत निरक्षर महिला दिदीबहिनीहरुलाई पढ्नुपर्छ भन्ने सहजकर्ताको भूमिकामा लागेकी थिएँ ।

यसरी उहाँहरुलाई पढ्नुपर्छ भनेर प्रेरित गर्न म आफै पनि पढेर देखाउनुपर्ने भयो । अनि ब्रेक भएको पढाइलाई निरन्तरता दिएँ । महिला दिदीबहिनीहरुलाई आफू पढ्न गएर देखाउनुपर्ने भएकाले पहिला पढेकै अरुणोदय उच्च माविबाट ११, १२ पास गरेँ । त्यतिबेला छोरी पनि ११ वर्षकी भइसकेकी थिइँन । त्यसपछि शिखरापुर क्याम्पसमा ब्याचलर ज्वाइन गरेँ । यसरी मैले पढाइलाई ब्याचलरसम्म पु¥याएर टुंग्याएँ ।

कांग्रेस पार्टी राजनीतिमा कसरी आकर्षित हुनुभयो ?
पहिला म सबै पार्टीको कार्यक्रम चलाउँथेँ । पछि राजेन्द्र केरी दाइसँग संगत बढ्दै गयो । उहाँले नै मलाई नेपाली कांग्रेसको पार्टी राजनीतिमा ल्याउनुभयो । त्यतिबेला चुनावको बेला थियो । यस क्षेत्रबाट नेपाली कांग्रेसका नेता राजन केसीदाइ उठ्नुभएको थियो । उहाँको चुनाव प्रचारमा लागियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराएर राजन दाइलाई जिताउन सफल पनि भइयो । यसरी धेरै पार्टीका कार्यक्रम चलाउँदा र भाषण सुन्दा नेपाली कांग्रेस पार्टी असल लागेर कांग्रेस राजनीतितिर होमिएकी हुँ ।

नेपाली कांग्रेस जस्तो पार्टीबाट दुई/दुई पटक उप–प्रमुखको टिकट पाउनेगरी कसरी विश्वास जित्नुभयो ?
दक्षिणकाली नगरपालिकाको उप–प्रमुखमा मैले पहिलो पटक टिकट पाउँदा लामो समयदेखि स्थानीय तहको चुनाव भएको थिएन । यहाँ नेपाली कांग्रेसमा पहिलादेखि दुःख गरेका धेरै अग्रह महिला दिदीबहिनी पनि हुनुहुन्थ्यो । हामीलाई त्यो चुनाव जसरी पनि जित्नैपर्ने चुनौति थियो । त्यसको लागि म सामाजिक क्षेत्रमा काम गरेर धेरै महिलाको मन जित्न सफल भएकी परिचित महिला थिएँ ।

त्यसको साथै विभिन्न कार्यक्रम सञ्चालन गर्ने र समाजसेवामा लागेका कारण ममा नेतृत्वदायी क्षमताको विकास भएको थियो । त्यो क्षमता र भूमिका देखेर पार्टीका नेताहरुले मलाई उप–प्रमुखको टिकट दिनुभयो । यसरी पहिलो पटक सानदार ढंगले कांग्रेसबाट मैले चुनाव जितेँ । यस पटक पनि पार्टीले मलाई नै उप–प्रमुखको टिकट दियो । चुनाव पनि जितियो ।

तपाईंले दोहो¥याएर टिकट पाउँदा पहिलादेखि लाग्ने महिलाहरुको फरक मत रहेन ?
धेरै लामो समयदेखि लाग्नुभएको दिदीहरु हुनुहुन्थ्यो । त्यसकारण उहाँहरुले नै पाउनुपर्छ भन्ने मेरो पनि मान्यता थियो । त्यतिहुँदाहुँदै पनि मैले उप–प्रमुखको टिकट पाइसकेपछि सबै महिला दिदीबहहिनीदेखि नेता, कार्यकर्ता लागिपर्नुभयो ।

त्यो चुनाव जित्नैपर्ने प्रतिष्ठाको विषय जस्तो भएको थियो । ऐतिहासिक दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले पहिला कांग्रेसले जितेको थियो, यसपालि पनि जित्नुपर्ने थियो । त्यसकारण मैले टिकट पाएकोमा असन्तुष्टि राख्नुभएन । सबैको उत्साहपूर्वक साथसहयोगले मेयर, उपमेयरलायतले जित्न सफल भयौं । फेरि मेरो नेपाली कांग्रेसलगायत अन्य दलहरुसँग पनि राम्रो सम्बन्ध थियो । त्यसबाट पनि अलिबढी सहयोग मिल्यो ।

विकासका कुरा गर्नुपर्दा कुन क्षेत्र खड्किएको देख्नुहुन्छ ?
मेन त बाटो नै हो । किन भने अन्य विकासका लागि पनि सकडकै आवश्यक देखिन्छ । विजुली, पानीको व्यवस्थापन गर्न पनि गाडीको सुविधा हुनुप¥यो । त्यस्तैले कृषिउत्पादनहरु बजारसम्म पु¥याउन पनि यातायातको सुविधा चाहियो । त्यसैले यहाँका जनताको पहिलो चाहना सडक विस्तरमै छ । फेरि काठमाडौंको यो दूर्गम नगरपालिका पनि भयो ।

अभैm पनि बाटो नजोडिएको र खानेपानी नभएको ठाउँ छ ?
हाम्रो नगरपालिकामा अझै पनि बाटो नजोडिएका ठाउँहरु छन् । जस्तै ८ नम्बर, ९ नम्बरलाई हेर्नेहो भने एदमै विकट छ । यी ठाउँहरुमा सडकसञ्जाल त जोडिएका छन् । तर, घरवस्तीमा पुगिसकेको छैन । मुहानहरु धेरै हुँदा पनि खानेपानीको समस्या पनि छ । खासगरी खानेपानीको समस्या ८ नम्बर वडामा छ । पानीका स्रोतहरु धेरै हुँदाहुँदै पनि वस्तीहरु धेरै हाइटमा भएकाले त्यो समस्या भएको हो । त्यसको लागि पम्पको व्यवस्था गर्नुपर्ने छ ।

तपाईं न्यायिक समितिको संयोजक हुनुहुन्छ कुन प्रकृतिका मुद्दाहरु आउँछन् ?
मुख्य गरेर संविधानले नै दिएको अधिकार क्षेत्रभित्र पर्ने न्यायिक समिति भयो । त्यसको संयोजक म आफै छु, अन्य दुईजना सदस्यमा वडा अध्यक्ष दाजुहरु हुनुहुन्छ । त्यसमा हामीहरुले कानुनी सल्लाहकार र सहजकर्ता भनेर दुई जना राखेका छौं ।

सुरुसुरुमा त्यति मुद्दाहरु आउँदैनथे । पछि न्यायिक समितिमा गयो भने सजिलै न्याय पाइनेरहेछ भनेर आकर्षण बढ्यो । अहिलेसम्म घारजग्गा र साधसिमानाकै बढी मुद्दाहरु आउँछन् । पारिवारिक झैझगडा एदमै कम आउँछन् । त्यस्तो मुद्दा सकेसम्म मेलमिलाप गरेर पठाउँछौं । पहिला आउनेबेला अएकर्आको मुख पनि नहेर्ने गरी आउनुहुन्छ हामीले सहजीकरण गरिसकेपछि मिलेर जानुहुन्छ ।

कतिपय स्थानीय निकायमा जनताका आवश्यकता अनुसार काम भएनन् भन्ने गुनासा छन् नि ?
त्यो वडास्तरबाटै आउने हो । फेरि हाम्रो नगरपालिकामा जन्म दर्ता र मृत्यु दर्तालाई पहिलो कार्यकालमै निःशुल्क गरेका छौं । त्यसको लागि हामीले वडा कार्यालयसँग समन्वय गरेका छौं । अहिलेका जन्म दर्ता, नागरिकता र स्कुलको सर्टिपिकेट मिलाउने कुराहरुको गुनासो मात्रै हामीकोमा आइपुग्छ । त्यसको समाधानका लागि उचित सरसल्लाह गरेर अगाडि बढाउँछौं ।

कतिपय ठाउँमा एउटै पार्टीको भएर मेयर, उपमेयरबीच बेमेल देखिन्छ तपाईंहरुकोमा छैन ?
नगरप्रमुख मेरो अग्रज दाजु हुनुहुन्छ । उहाँ सानैदेखि चिनजानेको मेरो साथीको बुबा पनि हुनुहुन्छ । उहाँ राजनीतिमा पटक–पटक नेतृत्व गरेर धेरै समय खारिएर आउनुभएको छ । मैले समाजसेवा गरेको भएपनि राजनीतिमा पछि आएकाले नगर प्रमुख धेरै कुरा सिक्ने मौका पाएकी छु । बेमेल हुने भनेको आफ्नो अधिकार र कार्यक्षेत्र बिर्सेर अर्काको भागमा हस्तक्षेप गर्दा हुने हो ।

आफ्नै भाग यति धेरै छ भने अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने आवश्यकतै छैन । त्यसैले कार्यविभाजन नै छुट्टाछुट्टै भएकाले हामीमा त्यस्तो फरकमत हुँदैन । एकआपसमा सरसल्लाह गरेर मिलेर काम गरेका छांै । साच्चिकै भन्ने हो भने नगर प्रमुखको भन्दा उप–प्रमुखको क्षेत्राअधिकार धेरै छ । अनि एकआपसमा फरक मत राख्नुपर्ने आवश्यकतै छैन । त्यसैले हामीहरु आफ्नै दाजु, बहिनी जस्तै मिलेर कार्यसम्पदन गर्दै आएका छौं । यसरी नै मिलेर उदाहरण गरेर अगाडि बढ्ने प्रण गर्दछु ।

नगर प्रमुख र उप–प्रमुखको कार्यकौशल देखेर दक्षिणकाली नगरपालिकाका जनताले दोहो¥याएर तपाईंहरुलाई निर्वाचित गरेका हुन् जस्तो लाग्छ ?
वास्तवमा तपाईंले भनेजस्तै यहाँका नागरिकको आवश्यकतालाई मध्यनजर गरेर हामीले अहोरात्र दत्तचित्त भएर लागिपरेका छौं । हाम्रो कार्य सम्पादनलाई यहाँका नागरिकले राम्रो मूल्यांकन गरेका छन् भन्ने लाग्छ । हामीले पनि उहाँहरुको भावनालाई कर्त चोट नपु–याई काम गर्नुपर्छ । त्यसको लागि हामी सचेत छौं । अघिल्लो कार्यकालमा थाति रहेका कतिपय कामहरु परिपूर्ति गर्नुपर्ने हाम्रो दायित्व छ । त्यसको लागि जनताका घरदैलोमा पुगेर उहाँहरुको इच्छा, आकांक्षा र आवश्यकतालाई ध्यानमा राखेर काम गर्न लागिपरेका छौं ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १२ : ५७ बजे