बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

शीर्ष नेताको चुनावी दौडधुप बढ्दै



काठमाडौं । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ ।

नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता एवं प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले जानकारी दिनुभयो । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवा कैलालीकोे लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावी सभामा सहभागी भई बुधबार डडेलधुरा पुग्नुभएको छ । कैलालीका १३ पालिका प्रमुख उपप्रमुखमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०ले चुनावी तालमेल गरेका छन् ।

वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुन सकेको छैन । नेकपा एमालेलगायतका दलले भने एकलरुपमा उम्मेदवारी दिएका छन् । पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेल प्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : १५ बजे