चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस



कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले कास्की १ बाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापालाई उठाउन प्रस्ताव गरेका हुन् ।

२०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो ।

आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ३४ बजे