बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्री पदबाट निलम्बित



काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ ।

चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ ।

उनलाई मन्त्री पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : ०६ बजे