श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा सार्वजनिक आज सार्वजनिक गर्ने भएको छ । बोर्डले आज साढे ४ बजे गर्ने गरी सबै तयारी पूरा गरेको जनाएको छ ।

तीजको दिन सार्वजनिक विदा परेकाले नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आएपछि मंगलबार सार्वजनिक हुने भनिएको परिक्षाफल आज सार्वजनिक गर्न लागिएको हो । यसअघिको तयारी अनुसार सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो ।

सबैजसो सञ्चारमाध्यमले मंगलबार परीक्षाफल प्रकाशित हुने भन्दै समाचार सम्प्रेषण गरेका थिए । नेपाल टेलिकमले समेत दुईपटकसम्म नतिजा हेर्न सकिने विधिका बारेमा मोबाइलमा सन्देश पठाएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १० : ४२ बजे