मंसिर १८, २०८० सोमबार Mon Dec 4 2023

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ।

आगामी ४ मंसिमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पु(याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्यपी, शिर्ष नेताहरुको बैठकवाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ३१ बजे