१३ जेष्ठ २०८३, बुधबार Thu May 28 2026

ग्यास बिस्फोटमा घाइते भएकालाई उपचार खर्च नौ लाख सहयोग



सिन्धुपाल्चोक । खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएर घाइते भएका नौ जनाको उपचार गर्न जिल्लाको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

केही दिनअघि बौद्धको एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोटपछि भएको आगलागीमा भोटेकोशी गाउँपालिकाका सात सहितका नौ जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचार गर्न भोटेकोसी गाउँपालिकाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा सोमबार साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमा नै पुगेर जनही एक लाखको दरले नौ लाख सहयोग हस्तान्तरण गर्नुभएको महाधिवेशन प्रतिनिधि युधिर पौडेलले जानकारी दिए।

पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टीमले सहयोग जुटाएको हो । रासस

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ५ : २७ बजे