बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

एकीकृत समाजवादीले श्रममन्त्री कुँवरलाई अछाम १ बाट उम्मेदवार सिफारिस ग-यो



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम(१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् ।

उनलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको टिकटको अन्तिम टुङ्गो पार्टी केन्द्रीय कमिटीले लगाउनेछ ।

यस्तै, प्रतिनिधि सभा १ को (क) का लागि कुलबहादुर कुँवर र हिक्मत कुवर, (ख) बाट हिरन्ड भट्टराई र रत्ना तामाङ सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ को (क) का लागि डबल चलाउने, दीपक बिष्ट र दुर्गा बोहोरा सिफारिस भएका छन् भने (ख) का लागि शंकर भण्डारी, नवराज साउद र नयन सोडारी सिफारिस भएका छन् ।

प्रतिनिध सभातर्फको खुला समानुपातिकमा बलबहादुर सोडारी, भक्तबहादु रशाही र योगेन्द्र बिष्ट, महिलामा बिन्द्रा साउद सिफारिस भएका छन् ।

प्रदेश सभा समानुपातिक महिलातर्फ मिना साउद, केशरी रेग्मी, देवकला चलाउने, कृष्णा जैसी न्यौपाने र जयन्ती बोगटी, समानुपातिक खुलातर्फ कल्यान बोगटी र हर्क साउद, दलिततर्फ डम्बर नेपाली, जित निशानी र इन्द्र जैगडि सिफारिस भएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ५ : २९ बजे