बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

स्पेनको बार्सीलोना शहरमा गोपाल योन्जनको जन्म जयन्ती तथा स्मृति दिवस मनाइयो



स्पेनको बार्सीलोना शहरमा गोपाल योन्जनको जन्म जयन्ती तथा स्मृति दिवस भब्य रुपमा मनाइएको छ । कार्यक्रमको संयोजक बिश्व कलाकार संघ स्पेनका उपाध्यक्ष बरिस्ठ नृत्य निर्देशक अजय लोप्चनले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा स्पेन बार्सीलोनामा रहेका सम्पूर्ण नेपाली संघ सस्थाहरुका ब्याक्तित्वहरुको आतिथ्यता तथा उपस्थितिमा कार्यक्रम भब्य भएको थियो।

कार्यक्रमको बारेमा प्रकाश पार्दै स्पेनमा बसोबास गर्दै आएका गैर आवासीय नेपालीहरुलार्इ संगीतको माध्यमबाट एक बनाउदै नेपाली सस्कार र संस्कृतीको बारेमा जानकारी गराए ।

उनले नयाँ पिढिलाई नेपाली संस्कार र संस्कृती पुस्ता हस्तान्तरण गर्ने उदेश्य यस संस्थाको रहेको प्रष्ट पारे । उक्त कार्यक्रमका सभापति बिश्व कलाकार संघका अध्यक्ष डिक कार्कीले औपचारिक कार्यक्रमको समापन संगै गोपाल योन्जनको योगदानबारे बताए ।

कार्यक्रमका मुख्य आकर्षक चर्चित कलाकार कृष्ण रेउलेले आफ्नो दमदार प्रस्तुतिले सबैलाइ मनोरञ्जन दिनु भएको थियो । भने उक्त कार्यक्रममा स्पेनिस कलाकारहरुको समेत प्रस्तुती थियो। बरिस्ठ बासुरीबादक बिनोद कटुवालले गोपाल योन्जनका केही गीतहरुका धुन बासुरीमार्फत प्रस्तुत गरेका थिए।

अन्तमा दोहिरी प्रतिष्ठान युरोप शाखाकी निवर्तमान अध्यक्ष गायिका सुमी घिमिरे सापकोटा र अथिती कलाकार कृष्ण रेउले बिच घम्साघम्सी दोहोरी चलेको थियो। उक्त कार्यक्रम हरेक बर्ष निरन्तर गर्दै लैजाने जानकारी आयोजक संस्थाले बताएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ५ : ०६ बजे