मंसिर १९, २०८० मंगलबार Tue Dec 5 2023

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी मनोनयन



काठमाडौं । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १२ को उपधारा) १० बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज जोशीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ३७ बजे