चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए ।

जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन साह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए ।

जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ३३ बजे