फाल्गुन ९, २०८० बुधबार Wed Feb 21 2024

भक्तपुरको हनुमानघाट पुलको निर्माण पूरा



काठमाडौं । भक्तपुर नगरपालिका–७ हनुमानघाटस्थित न्याताँ ९हनुमानघाट० पुलको निर्माण पूरा भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट पुल जीर्णोद्धार गरिएको हो ।

न्याताँं पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको लागत इष्टमेट ४९ लाख २४ हजार रहेकोमा ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी दिए ।

नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति भक्तपुर नगरपालिकाको रहेको बताए । त्यसअनुरुप नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका कामहरु उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आइरहेको उनले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ३१ बजे