बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

माओवादी केन्द्रले यसअघि सिफारिस भइसकेकालाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस अघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने भन्दै सर्कुलरसमेत जारी गरेको छ ।
स्तो निर्णय गरेको हो ।

बैठकको निर्णायनुसार प्रत्यक्ष र समानुपातिकमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन। समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन माताहातको कमिटीलाई निर्देशन दिएको छ ।

यसरी सिफारिस भएका नेताको नाम २० भदौं भित्र प्रदेश कार्यालयमा पठाउनु पर्नेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : ४७ बजे