बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

भदौ २० गतेभित्र उम्मेदवार सिफारिस गर्न माओवादी केन्द्रको निर्देशन



काठमाडौ । नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौंभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् । यसैगरी, बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : ३४ बजे