२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

तिजका लागि पशुपति क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक



काठमाडौं।काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पाशुपत )पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु र मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ।

तिजका लागि सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाइएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै मदिरालगायत बिक्रीमा रोक लगाइएको छ। धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको बताइएको छ।

तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ।

कसैले यो सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकिएको र उक्त क्षेत्रमा मदिराजन्य पदार्थमा रोक लगाएको छ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १० : ३२ बजे