श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नोबेल कलेजका शिक्षकद्वारा छात्रालाई दुर्व्यवहार, विद्यार्थीहरुको प्रदर्शन



काठमाडौं । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

सोमबार बिहान प्लस टु मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग विद्यार्थीहरुले नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : २८ बजे