श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

त्रिभुवन विश्वविद्यालयमा नेविसंघ र अनेरास्वियुको झडप



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको छ ।

गत शुक्रबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर शिक्षामन्त्रीलाई बुझाएपछि त्रिवि रजिष्टारको कार्यालयले शनिबार सुरक्षाको माग गरेको थियो ।

आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा अनेरास्वीयुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि झडप भएको थियो ।

झडपमा परि एक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  २ : ३१ बजे