चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ।

केन्द्रिय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने बैठक ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य सो बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ३३ बजे