श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कांग्रेसमा समानुपातिक सांसदले दोहोरिन नपाउने



काठमाडौं । नेपाली कांग्रेसबाट यसअघिका चुनावमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् ।

कांग्रेसले २०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन दिएको हो ।

महामन्त्री गगन थापाले ७७ वटै जिल्ला, १६५ वटै क्षेत्रीय र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ २०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका हुन् ।

कांग्रेस विधानको नवौँ संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : २८ बजे