श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बालेनले पुनः भने – यो अभियान जारी रहन्छ, नियमको पालना गर्नुहोला !



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरवासीलाई नियमको पालना गर्न आग्रह गरेका छन् ।

उनले शुक्रवार सामाजिक सञ्जालमा लेख्दै जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग गरिदिन भन्दै महानगरलाई व्यवस्थित गर्ने सन्दर्भमा सबैको सहयोग आवश्यक रहने बताएका छन् ।

त्यस्तै, उनले यो कुरालाई पहिल्यैदेखि व्यवहारिक रूपमा प्रयोग गर्नेहरूप्रति आभारसमेत व्यक्त गरेका छन् ।

उनको भनाइ जस्ताको तस्तैः

चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिक रूपमा प्रयोग गर्नु भएकाहरूप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सधैँ रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : ०० बजे