जेष्ठ २२, २०८० सोमबार Tue Jun 6 2023

एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरु



काठमाडौं । स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरु हुँदैछ ।

आगामी ४ मंशिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल गर्नका लागि आजवाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ३६ बजे