बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।

बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दावी पेश गरेका छन् ।

सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झण्डै एक महिनादेखि चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । कार्यदलको बैठकले विस्तुत अध्ययन प्रतिवेदन बुझाएपछि गठबन्धनका शिर्ष नेताले अन्तिम निर्णय लिनेछन् । चुनावी तालमेल गरेर जाने निणर्य गरेका पाँच दलको आ(आफ्नै दावीका कारण सिट फाँडफाँटको विषय पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ३४ बजे