बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

कीर्तिपुर नगरपालिकाले पनि चलायो डोजर, अवैध संरचना हटाउन सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अवैध संरचना भत्काउने अभियानले तीब्रता पाएका बेला कीर्तिपुर नगरपालिकाले पनि सोही शैली अपनाएको छ । यस नगरपालिकाले पनि बिहीबारबाट नक्सा पास नगरी बनाइएका त्यस्ता संरचना हटाउन सुरु गरेको हो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीका अनुसार नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाइएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर १० को नयाँ बजारमा नक्सापास विना बनाएको संरचना हटाउन थालिएको उनले बताए ।

नक्सा पास बिना पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको र यसपछि अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापास बिना बनेका संरचना हटाइने उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ४ : १३ बजे